काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले गर्ने क्रान्तिकारी काम सार्वजनिक गरेका छन् । आज बिहानै सामाजिक संजाल लेख्दै पुनले यस्तो सार्वजनिक गरेका हुन् ।
उनले नेपालको अर्थतन्त्र सुधारेर देशलाई समृद्ध बनाउन नगरी नहुने महत्वपूर्ण कदम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले छल्ने बताउँदै नेपालमा विज्ञान प्रविधिको विकास तथा अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने र गराउने भन्ने संस्कार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित आम नेपाली समाजलाई बिस्तारै बिस्तारै सिकाउनु भएको स्पष्ट पारेका छन् ।
उनले यस्तो संस्कार तीन तहको सरकार र आम नेपालीको दिमाखमा रातारात घुसाउन नसकिने भएकोले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले आफ्नो पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत रकम विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गरे मात्र सम्बन्धित अनुदान पाउने भनेर प्रदेश सरकारहरूलाई उक्त क्षेत्रलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्न आग्रह गर्दै आफूले निर्देशन दिएको स्पष्ट पारेका हुन् ।













