७ असार २०८१, शुक्रबार

अनौठो बिवाह, परिवारका ११ सदस्यहरुले एक आपसमा गरे २३ पटक विवाह


marriage

एजेन्सी, चीनमा विवाह तथा डिभोर्ससँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । एउटा चिनियाँ परिवारका ११ सदस्यहरुले एक आपसमा २३ पटक बिहे गरेका छन् । तर दुई हप्ताको बीचमै सबैले एक अर्कासँग डिभोर्स पनि गरेका छन् ।

यस्तो विवाह सरकारी सुविधा लिनका लागि परिवारका सदस्यहरुले एक अर्कालाई बिहे गरेका हुन् । झेजियांग प्रान्तस्थित लिसुई सहर नजिकैको एक सानो गाउँमा बस्ने पेन नामका एक व्यक्तिले सरकारको सहरी नवीकरण मुआब्जा योजनाको बारेमा थाहा पाए । उक्त योजना अनुसार स्थानीय बासिन्दालाई कम्तिमा ४० वर्गमिटरको एउटा अपार्टमेन्ट दिइने घोषणा गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !