१२ श्रावण २०८१, शनिबार

हाम्रो शरीरसम्बन्धी केहि रोचक तथ्यहरु थाहा पाउनुहोस्


Food-for-Healthy-Hair

हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन ।

  • काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ ।
  • रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ ।
  • गर्मीमा तपाईको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ ।
  • संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ ।
  • देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ ।
  • दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ ।
  • कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् किनकि उनीहरूको शरीरमा फ्याट सेल अरूको भन्दा धेर हुन्छ ।
  • हाम्रो शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि शरीरको २० प्रतिशत अक्सिजन यसलाई आवश्यक हुन्छ । यही अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ ।
  • बीस वर्षभन्दा बढी हुनुभएको छ भने वर्षको एकचोटि शरीरको जाँच गराउनुस् । कोलेस्ट्रोल, रक्तचाप र चिनीको मात्रा सही छ कि छैन भनी थाहा पाइराख्नुपर्छ ।
  • खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसैकारण दिमाग एकदमै सक्रिय हुन्छ ।
  • कसरत गर्ने महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । तर तपाईंले पर्याप्त निद्रा पनि पु–याउनुपर्छ ।
  • बेकिङ सोडाले दाँत माझ्नुभयो भने दाँत चम्किलो हुन्छ ।
  • गर्भमा छँदा पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलो हुन्छ ।
  • नङ, ओठ र गुप्तांगको माथिल्लो हिस्साबाट कहिले पनि पसिना आउँदैन ।
  • संसारमा गोराहरू बीस हजार वर्षअघि थिएनन् । त्यसअघि मनुष्यहरू काला र गहुँगोरा मात्र हुन्थे ।
  • फल र तरकारी खाँदा शरीरमा एकखाले अम्ल उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !