२४ पुस २०८१, बुधबार

संसारकै सबैभन्दा महँगो साइकल, जसको मूल्य ४१ लाख


Rs-26-lakh-for-a-bicycle-Luxury-car-maker-Bugatti-launches-world’s-lightest-cycle-video3

सवारी साधनहरुमा साइकल सर्वसुलभ तथा सामान्यतया सस्तो साधन मानिन्छ । साइकलको मूल्य बुझ्दा एक लाख वा ५ लाख नै भन्यो भने सामान्यतया हामी अचम्ममा पर्छौँ तर आज संसारकै सबैभन्दा महँगो साइकलको बारे बताउन चाहन्छौँ ।

संसारकै सबैभन्दा महँगो साइकलको मूल्य ४० हजार डलर अर्थात ४१ लाख २८ हजार भन्दा पनि बढी रहेको बताइएको छ । यो साइकलको रंग आफ्नो इच्छाअनुसार परिवर्तत गर्न सकिनेछ ।

फ्रान्सको सुपरकार निर्माता कम्पनी बुगातीले यो साइकलको डिजाइन तयार पारेर निर्माण गरेको हो । यो साइकलको मूख्य बिशेषता भनेको यसको तौल निकै कम छ । यसको तौल केबल ११ पाउन्ड अर्थात ५ केजी रहेको बताइएको छ ।

साइकलमा गती बढाउन मिल्ने गरी कावैन फाइबर देखि एरोडाइनामिक प्रणालीको प्रयोग गरिएको छ । यसको डिजाइन सुपरकारको जस्तै गरी तयार पारेर स्पोर्टस राइडिङको लागि बनाइएको हो ।

साइकललाई यसरी निर्माण गरिएको छ की जुन गलत बाटोमा गुड्दा पनि अत्यन्तै थोरै थर्किने अर्थात थोरै मात्र उफ्रिएको आभास हुन्छ ।ग्राहकले डिमान्डअनुसार यो साइकल उपलब्ध हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !