२१ बैशाख २०८१, शुक्रबार

ज्यूँदो मान्छेलाई रक्सी खुवाएर चिहानमा पुर्ने अनौठो संस्कार


chihaan

विश्वमा अनेक परम्परा छन् र ती मध्ये केही परम्परा डरलाग्दा तथा अनौठा छन् । त्यस्तै डरलाग्दो परम्परा मध्ये एउटा परम्परा क्युबामा प्रचलित छ, जहाँ मानिसलाई ज्यूँदै जमिनमा गाडिन्छ ।

यो प्रथा क्यूबामा बुजी अर्थात् रक्सी पर्वको नामले प्रचलित छ । यो पर्वको दौरान ज्यूँदो मानिसलाई जमिनको चिहानमा पूरिन्छ। जस अनुसार मानिसलाई काठको बाकसमा बन्द गरिन्छ र सडकमा घुमाइन्छ । उसको पछि पछि हजारौँ मानिसको भिडा लागेको हुन्छ ।

मानिसहरु टन्न रक्सी धोकेर नशामा नाचगान गरिरहेका हुन्छन् । काठको बाकसमा रहेको मानिसलाई मरेको ठानिन्छ र एकजना सेतो कपाल भएकी वृद्धा उसको विधवा बन्दछिन् र विधवाकै अभिनय गर्छिन् ।

काठको बाकसलाई सहर घुमाएपछि त्यसलाई जमिनमा खनिएको खाडलभित्र हालिन्छ र बाकसबाट मुखमात्र देखाएर थुनिएको मानिसको मुखमा रक्सीको धारा लगाइन्छ । यो पर्वलाई बुरियल अफ पचेन्चोको नामले पनि चिनिन्छ ।

यो पनि पढ्नुहोस् :

यसरी बढाउन सकिन्छ स्मरण शक्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !