८ बैशाख २०८१, शनिबार

१३ वर्षकी बालिका गर्भवती भएपछि अदालतले माग्यो जवाफ


गर्भवती

१३ वर्षीया केटीले आफू गर्भवती भएको खुलासा आफै गरेकी छिन् । उनले आफू फिल्म ‘कलवानी’ हेरेर गर्भवती भएको बताएकी छिन् । यस्तो आश्चर्य लाग्दो विषय सम्बन्धमा चेन्नईको अदालत पनि अलमलमा परेको छ । १३ वर्षकी ती बालिका केही महिना पहिले आफ्नो प्रेमीको साथमा घरबाट भागेर गएकी थिइन् । प्रहरीले करिब एक हप्ता पहिले केटीलाई खोजेर ल्याएको थियो । प्रहरीले खोजेर ल्याएपछि अदालतमा पेश गरेको हो । अदालतमा केटीले फिल्म कलवानीबाट प्रभावित भएर यस्तो कदम उठाएको बताएकी छिन् । र आफू गर्भवती हुनुमा फिल्मलाई जिम्मेवार बनाएकी छिन् ।

अदालतले यस्तो कन्टेन्ट हुँदा पनि फिल्म रिलिज हुने अनुमति दिएकोमा आपत्ती जनाएको छ । सेन्सर बोर्डको ग्रेडिङ, सम्पादन र निर्माताको प्रतिक्रिया बारेमा पनि पेश गर्न अदालतले आदेश दिएको छ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !