११ श्रावण २०८१, शुक्रबार

नवजात बच्चाकोे टाउको बोकेर कुकुर अस्पताल घुमेपछि …


नवजात बच्चा

भारतको बीएचयुस्थित अस्पतालमा एक कुकुरले नवजात बच्चाको टाउको बोकेर घुमेको देखियो । कुकुरले आफ्नो मुखले बच्चाको टाउको दबाएर राखेको थियो र अस्पताल घुम्दै थियो । कालो रंगको कुुकुरले बच्चाको टाउको बोकेर हिडेको देखेर आश्चर्य मान्दै हेर्न थाले । कर्मचारी समयमै पुगेर टाउको छोडाउन प्रयास गर्यो । अस्पतालको कर्मचारी र अस्पतालमा आएका मानिसहरु जम्मा भएर कुकुरलाई घेरेपछि बच्चाको टाउको छाडेर कुकुर भाग्यो ।

प्रहरीले बच्चाको टाउको लिएर खोजी र अनुसन्धान गर्न सुरु गर्यो । प्रहरीले अस्पतालमा बच्चाको शरीर खोज्ने प्रयास गर्दा पनि भेटाउन सकेन । अस्पतलामा आएका सबै मानिसहरुलाई जाँच गर्दापनि प्रहरीलाई सफलता भने प्राप्त भएन् । हालसम्म बच्चाको माता पिता र शरीर भेट्टाउन सकेको छैन ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !