२३ भाद्र २०८१, आइतबार

यो एउटा मेसेजले डिर्भोस भएपछि…


मोबाइल

अष्ट्रेलियामा एक महिलाको नजर अकस्मात पतिको मोवाइलमा पर्यो । पतिले आफ्नो साथीलाई पठाएको म्यासेज हेरेर महिलाको दिल टुट्यो । महिलाको मन यतिसम्म दुख्यो कि घर र पति नै छाडेर जाने सम्म निर्णयमा पुगिन् । उक्त म्यासेज पढेको एक हप्तापछि पतिलाई सम्बन्ध बिच्छेद गरेर २ वर्षको छोरालाई सँगै लिएर अलग भइन् ।

वास्तवमा विवाह पछि एक अर्कामा निकै खुशी थिए । उनले एक बच्चाको पनि जन्म दिइन् । अहिले बच्चा २ वर्षको भएको छ । बच्चा जन्मिएपछि पतिमा परिर्वतन आउन थाल्यो । पतिले कुनै पनि काममा पत्नीसँग सल्लाह गर्न छाडे । पत्नीलाई केहि बताउन जरुरी ठान्थेनन् । उनी बाथरुममा गएपछि उनको मोवाइलमा म्यासेज आयो । पत्नीले मोवाइलको म्यासेज हेरिन् । म्यासेजमा एउटा छोटो नामबाट ‘आज रात मलाई अनुमति नदिने । ’ लेखिएको थियो । पतिलाई यसको अर्थ र कारण सोध्दा साधारण तरिकाले जवाफ दिएपछि आफुलाई सम्मान नगरेको महसुस गर्दै पतिसँग सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेकी हुन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !