७ बैशाख २०८१, शुक्रबार

छोरा विवाहको मण्डपबाट भागेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह


बुहारीसँग विवाह

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो । कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग माया बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !