एक इटालियन कलाकारले १९६८ मा एक मुर्तिकला केन्द्रमा रुखको विरुवा रोपेका थिए । मुर्तिकला केन्द्रमा हुर्किएको रुखमा केही वर्षदेखि एक हात अल्झिरहेको छ । हात रुखसँग जोडिएपछि सधै त्यहि रुखमा अल्झिरहेको देखिन्छ । पितलबाट बनेको उक्त हातलाई एक कलाकारले एक प्रकारको परिक्षण गर्न रुखमा जोडेका थिए । यस्तो अजिबको हात इटालियन कलाकारले मुर्तिकला केन्द्रको रुखमा स्थापना गरेका हुन् ।
पित्तलको हात वास्तविक हात जस्तै देखिन्छ । एकपटक हेर्दा जो कसैलाई पनि छुट्याउन र पत्याउन मुस्किल पर्छ । रुख सँग हात जोडेको लगभग ५ दशक भइसकेको छ । तर आजसम्म पनि जस्ताको तस्तै रहेको छ । हेर्दा कुनै पुरुषको जस्तो देखिने पितलको हात भएको रुख आफैमा अद्भुत छ । इटालियन कलाकारले बनाएको यो कला रुख धेरै बलियो वा धातु पत्ता लगाउन गरिएको एक डिजाइन थियो ।-एजेन्सीको सहयोगमा