१४ बैशाख २०८१, शुक्रबार

सरकारले सुचना प्रविधिको क्षेत्रमा नयाँ प्याकेज ल्याउने तयारी : सञ्चारमन्त्री


ICT

९,असार २०७३:- सूचना तथा सञ्चारमन्त्री  शेरधन राईले चाँडै नै सूचना प्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न थालेको बताएका छन्।

लिभिङ विथ आइसिटी पत्रिकाले राजधानीमा आयोजना गरेको आईसीटी स्टार्टअप अवार्ड २०१६ सम्मान कार्यक्रममा सञ्चारमन्त्री राईले सूचना प्रविधिको पूर्वाधार विकास गर्न र इन्टरनेट सेवालाई विस्तार गर्नका लागि  प्याकेज घोषणा गर्न लागेको बताए ।

‘केही दिनमा सूचना प्रविधिका राम्रा कार्यक्रम घोषणा गर्ने तयारीमा छौं,’
उनले भने, ‘नयाँ नयाँ प्रविधि प्रयोगसँग सम्बन्धित रहने छन् ।’ उनले सूचना प्रविधिमा नेपालले विस्तारै पाइला सारेको भन्दै अव सूचना र प्रविधिलाई आर्थिक विकाससँग जोड्ने बताए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री राईले आईसीटीलाई देशको विकासमा जोडेर लैजानुपर्नेमा जोड दिए । अहिलेसम्म राज्यले नचिनेको प्रतिभालाई आईसीटी पत्रिकाले सम्मान गरेको प्रति प्रशंसा गर्दै मन्त्री राईले निकट भविष्यमा राज्यले सूचना प्रविधिमा योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्ने जानकारी दिए ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)का अध्यक्ष विनोद ढकाललगायते सम्मान कार्यक्रमले सूचना प्रविधि क्षेत्रका मानिसहरुलाई अझ प्रोत्साहन गरेको बताए ।

कार्यत्रममा आइसिटी स्टार्टअप २०१६ बाट ४ आइटी स्टार्टअपलाई सूचना तथा सञ्चार मन्त्री राईले सम्मान गरे । सम्मानित हुने हरुमा सस्तो डिल प्रा.लि., कुल टेक्नोल्याब प्रा.लि., यल्लो नेपाल प्रा.लि. र स्मार्ट समाज प्रा.लि रहेका छन् ।

साथै आईसीटी विशेष सम्मान कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई मन्त्री राईले सम्मान गरे ।

पत्रिकाका सम्पादक राजन लम्सालले आईटी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !