१५ बैशाख २०८१, शनिबार

साउनदेखि चीनबाट इन्टरनेट ल्याउने तयारी:नेपाल टेलिकम


internet

७,असार काठमाडौ- अबको एक महिनाभित्र चीनबाट नेपालमा इन्टरनेट ल्याइने भएको छ। चीनको केरुङ नाका हुँदै नेपाल टेलिकमले इन्टरनेट भित्र्याउन लागेको हो।

नेपालले अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याइने गरिएको छ।  केरुङको बाटो हुँदै ल्याइने इन्टरनेटको टेष्ट भइरहेको नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आर्चायले जानकारी दिए।

उनले असारभित्रमा सबै काम सकिने र साउनदेखि सो बाटो भएर इन्टरनेट ल्याइने बताए। चीनबाट इन्टरनेट ल्याएपछि इन्टरनेट प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा चलाउन सक्ने उनले बताए।

विस्तारै नेपाललाई इन्टरनेटको हव बनाउन लागिएको आर्चायले जानकारी दिए। ‘चीनले भारत र भारतले चीनको बाटो हुँदै इन्टरनेट किन्न सक्छन्’ उनले भने, ‘त्यसका लागि नेपाल हव हुनेछ।’

नेपाल टेलिकमले चीनबाट इन्टरनेट ल्याउन अप्टिकल फाइबर बिछ्याएको छ।  एक वर्ष अघि नै चीनबाट इन्टरनेट ल्याउन काम सुरु भएतापनि भूकम्पका कारण अड्किएर ढिला भएको थियो।

टेलिकमले धादिङको गल्छीबाट रसुवागढीसम्म इन्टरनेट ल्याउनका लागि अप्टिकल फाइभर जडान गरिसकेको छ।  चीनबाट ल्याउने इन्टरनेटको मूल्य निर्धारण भइसकेको भने छैन। हाल भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबरमार्फत इन्टरनेट ल्याइएको छ।

नेपालले अहिले भारतको बिएसएनएल, भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ। चीनसँगको  इन्टरनेट कनेक्सनबाट भारतसँगको परनिर्भरता हटनेछ।

चीनबाट इन्टरनेट ल्याएपछि बंगलादेशबाट पनि इन्टरनेट ल्याउने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !