२३ बैशाख २०८१, आइतबार

सागर ग्रुपले ल्यायो ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर नेपाली बजारमा


सागर ग्रुपले ल्यायो ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरले नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टर ल्याएकाे हो ।

कलंकीस्थित बेलियो एक्सपिरियन्स सेन्टरमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानरले प्रिन्टिङ उद्योगमा पर्फमेन्स विश्वसनीयतामा नयाँ मानक कायम गर्ने विश्वास लिइएको छ । बेलियो सेन्टरमा ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हेर्न मात्र नभएर अनुभव समेत गर्न सकिन्छ ।

‘बलेयो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट’ माघ २५-२८ सम्म

प्रोडक्ट सार्वजनिक भएसँगै चार दिने “बलेयो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट” कार्यक्रम समेत सुरु भएको छ । २५ देखि २८ माघसम्म चल्ने उक्त कार्यक्रममा रजिस्टर गराएका सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तरक्रिया गर्नुका साथै विशेष छुट तथा अफर समेत प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रमका लागि रजिस्टर गराउने एक जना भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक्स ल्याब ल्यापटप प्राप्त गर्नेछन् । ब्रदर इन्टरनेसनलका क्षेत्रिय बिक्री निर्देशक तथा बोर्ड सदस्य अमित अलीले नेपालका लागि ब्रदरका पछिल्ला प्रिन्टर मोडेल प्रस्तुत गर्न पाउँदा आफूहरू अत्यन्तै उत्साहित रहेको बताए ।

“यी नयाँ प्रिन्टरले नेपाली उपभोक्ता र स्थानीय बजारका लागि उत्कृष्ट मूल्य सिर्जना गर्नेछ। यी केवल उत्पादन मात्र नभएर नेपालका व्यावसाय र व्यक्तिहरूको विविध किसिमको मागलाई सम्बोधन गर्नेगरी डिजाइन गरिएका सोलुसन्स हुन्,” उनले भने , “प्रिन्टिङ कार्यलाई सरल बनाउँदै उत्पादकत्व र प्रभावकारिता वृद्धि गर्ने हाम्रो लक्ष्य हो। नेपालमा रहेका ग्राहकहरूका लागि विशिष्ट प्रकारका प्रिन्टिङ सोलुसन उपलब्ध गराउने कार्यमा साझेदारको रूपमा सागर ग्रुपले देखाएको दृढता र प्रतिवद्धता प्रति हामी कृतज्ञ छौं।”

प्रदर्शनीका मुख्य आकर्षणहरु

१.व्यावसायियक प्रयोजनका लागि नयाँ हेभी ड्युटी प्रिन्टर, कपी र स्वयानर सार्वजनिकीकरण ।

२.ए४ का लागि विशिष्टिकृत लेजर प्रिन्टिङ सोलुसन ।

ब्रदर इंकजेट प्रिन्टिङ प्रविधि

१.ए४ देखि ए ३ साइजका विशिष्ट इंकजेट प्रिन्टिङ सोलुसन जस्ता नवीनतम् फिचर ।

२.थप सहजताका लागि अटोमेटिक डकुमेन्ट फिडर (एडीएफ), वायरलेस कनेक्टिभिटी र मोबाइल प्रिन्टिङ प्रविधि

३.पासपोर्ट फोटोको रियल टाइम प्रिन्टििङ

ब्रदर लेजर प्रविधि

१.विविध किसिमका प्रिन्टिङको आवश्यकताका लागि ए४(साइजका प्रिन्टरहरू

२.एकसाथ स्क्यानिङ, प्रिन्टिङ र कपी जस्ता विभिन्न काम गर्न सकिने ए४(साइजका ३(इन(वन प्रिन्टर

३.आधुनिक कार्यशैली सुहाउँदो अटोमेटिक डकुमेन्ट फिडर (एडीएफ), वाईफाई र नेटवर्क कनेक्टिभिटी जस्ता फिचर भएका ए४(साइजका मिड रेज थ्री(इन(वन प्रिन्टर

४.मेलबक्स प्रिन्टिङ, प्रिन्ट सर्टिङ गर्न सक्ने क्षमता भएका, उन्नत प्रिन्टिङ सुरक्षा मापदण्डमा आधारित भारी मात्रामा काम गर्न सक्ने हाई-इन्ड ए४-साइज मिड-रेञ्ज थ्री-इन-वन प्रिन्टर

ब्रदरका लुगा सिउने मसिन

१. दैनिक आवश्यकताका लागि घरायसी मैत्री लुगा सिउने मसिन

२.सुधारिएको कार्यक्षमताको खोजिमा रहेका सिलाई कलाका पेसाकर्मीहरूका लागि अपग्रेड गरिएको स्टिचिङ भर्सन

ब्रदर डकुमेन्ट स्क्यानर सोलुसन्स

पेसागत तथा व्यक्तिगत स्क्यानिङ आवश्यकताका लागि आकर्षक डकुमेन्ट स्क्यानर टेलर

ब्रदर लेबल प्रिन्टिङ इनोभेसन

विविध किसिमका सङ्घसंस्था र व्यक्तिगत लेबलिङ कार्यका लागि डिजाइन गरिएका प्रभावकारी लेबल प्रिन्टर

सागर ग्रुपले ल्यायो ब्रदर ब्राण्डका नेक्स्ट जेनेरेसन प्रिन्टर नेपाली बजारमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु