१५ बैशाख २०८१, शनिबार

नेपाल टेलिकमले भन्यो – कुनै पनि ‘Vacancy’ खोलिएको छैन


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले यसका विभिन्न शाखाहरुमा काम गर्न Vacancy नखोलिएको स्पष्ट पारेको छ । नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि नखोलिएको स्पष्ट पारेका हुन् ।

टेलिकम प्रवक्ता अधिकारीले जारी गरिएको प्रेस विज्ञप्ति जारी भनिएको छ, ‘केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न Vacancy खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

टेलिकमले कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध समेत गरेको छ ।

टेलिकमले कम्पनीको आधिकारिक सूचनालाई मात्र आधार मानेर कम्पनीका सेवाहरुको वारेमा अद्यावधिक हुन अनुरोध गरेको हो ।

यस्तो छ हेर्नुहोस् नेपाल टेलिकमले निकालेको प्रेस विज्ञप्ति

नेपाल टेलिकमले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !