१४ बैशाख २०८१, शुक्रबार

बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव फेला


मृत्यु

काठमाडौं । बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव फेला परेको छ । आज मंगलबार बिहान स्थानीयले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

प्रारम्भिक अनुसन्धानको आधारमा हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीले बताएको छ । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर प्रहरीले परिचालन गर्ने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थलमा पुगेको छ । केही समयापछि घटनाको विस्तृत विवरण बाहिर आउने प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !