२२ बैशाख २०८१, शनिबार

सिन्धुपाल्चोकमा बाढीले मच्चाएको वितण्डा (फोटो र भिडियोसहित)


सिन्धुपाल्चोकमा बाढीले मच्चाएको वितण्डा

सिन्धुपाल्चोक । मनसुनको सुरुवात भएसँगै अविरल वर्षाका कारण सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।

बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।

यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ । मेलम्ची बजारसहित मेलम्ची र इन्द्रावती नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको र स्थानीय जुटेका छन् ।
सिन्धुपाल्चोकमा बाढीसिन्धुपाल्चोकमा बाढी सिन्धुपाल्चोकमा बाढी सिन्धुपाल्चोकमा बाढी सिन्धुपाल्चोकमा बाढी सिन्धुपाल्चोकमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढीसिन्धुपाल्चोकमा बाढीसिन्धुपाल्चोक मेलम्चीमा बाढीसिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढीसिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढीसिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढी सिन्धुपाल्चोक मेलम्चीमा बाढी

भिडियो र तस्वीर सौजन्य : श्रीधर न्यौपाने, सुदिप कुमार श्रेष्ठ र सुशील सुवेदी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !