२३ बैशाख २०८१, आइतबार

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, ११ जना घाइते


पोखरामा पहिरो अपडेट : ६ जनाको मृत्यु, ११ जना घाइते

पोखरा, २६ असार । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा ७ जनाको जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको मृत्यु भएको छ । थापासगँ उनी श्रीमती ३ जना नाती नातीनको मृत्यु भएको कास्कीका प्रहरीले जानकारी दिएको छ ।

घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल अस्पतालमा लगिएको उनले बताए । प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुई जनाले भने पहिरो आएको थाहा पाएपछि भागर ज्यान बचाएका थिए ।

थापाको घरमा बिहीबार ठुलि छोरीको जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा धेरै जना थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको हमालले जानकारी दिए ।

त्यसै गरि पोखरा ५ मालेपाटमा दुई जना घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !