१९ बैशाख २०८१, बुधबार

आगलागीबाट घर जलेर नष्ट


आगलागी

झिमरुक, २ वैशाख । प्युठानको गौमुखी गाउँपालिका वडा नं १ अर्खामा आज बिहान आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको अन्नपात र कुखुरा जलेर नष्ट भएको स्थानीयवासी मित्र थापाले जानकारी दिनुभयो ।

आगलागीपछि स्थानीय व्यक्तिले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट रु तीन लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै गौमुखीगाउँपालिका–२ अर्खाका नरे टमटाको पनि गोठ जलेको छ । गोठ जल्दा त्यहाँक काठ, अन्नपात, भाँडाकुँडा, लत्ताकपडासहित करीब रु तीन लाख बराबरको सामग्री पनि जलेर नष्ट भएको स्थानीयवासी थापाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !