४ जेष्ठ २०८१, शुक्रबार

कारागारमा कैदीको मृत्यु


मृत्यु-निधन

चन्द्रौटा, २४ जेठ । कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।

बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताउनुभयो । गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !