२० बैशाख २०८१, बिहिबार

चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षीय पुरुषको मृत्यु


भरतपुर अस्पताल

भरतपुर, २४ जेठ । चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचाररत २७ वर्षीय पुरुषको मृत्यु भएको छ । माडी नगरपालिकाका ती पुरुषको आज शनिबार बिहान १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले जानकारी छ ।

दुई साता अघि भारतबाट आएका उनकाे स्वास्थ्यमा एक्कासी समस्या आएपछि हिजाे दिउँसाे २:३० बजे भरतपुर अस्पतालमा ल्याइएकाे थियाे । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड विशेष आईसीयूमा भर्ना गरिएको थियो ।

उनको मृत्यु काेराेना भाइरस (कोभिड-१९) संक्रमणकाे कारणले थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाई सकेको अस्पताल स्रोतकाे बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !