१८ बैशाख २०८१, मंगलबार

भारतबाट नेपाल आउँदै गर्दा १ जनाको मृत्यु


मृत्यु

चन्द्रौटा,११ जेठ । भारतको गुजरातबाट नेपाल आउँदै गरेका १ जना नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए ।

भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको मृत्युको सबै कारण खुल्न सकेको छैन । गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको उहाँले बताउनुभयो । उनको शव परिवारको जिम्मा लगाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !