२१ बैशाख २०८१, शुक्रबार

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको गरियो दाहसंस्कार


कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको गरियो दाहसंस्कार

काठमाडौं । नेपालमा पहिलो कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको आजै शनिबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको राजधानीको पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहमा अत्येष्टि गरिएको हो।

नेपाली सेना र प्रहरीको स्कटिङमा मृतक महिलाको शव एम्बुलेन्स मार्फत पशुपति आर्यघाट ल्याइएको थियो । धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका एक सदस्य आर्यघाट पुगेर दाहसंस्कार गरेका हुन् ।

मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पहिलो पटक कोभिड-१९ बाट १ महिलाको मृत्यु

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ पुष्टि

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकी परिवारका सदस्यहरुको स्वाब संकलन

कोभिड–१९ परीक्षणपछि महिलाको मृत्युबारे थाहा हुने

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !