१९ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु


मृत्यु

मेलम्ची, २ जेठ । सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन् ।

बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा ५ ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मिनीट्रकका पछाडि बसेका तामाङ ट्रकबाट खसेर त्यही ट्रकको टायरमा टाउको परेकाले घटनास्थलमै ज्यान गएको काफ्लेले जानकारी दिनुभयो । सवारी साधन र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !