२१ बैशाख २०८१, शुक्रबार

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु


मृत्यु प्रतीकात्मक तस्वीर

बैतडी । मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मङ्गलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए । बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !