प्यूठानमा बाटो सफा गर्ने क्रममा ढुङ्गाले लागेर मृत्यु Nepalpatra प्यूठानमा बाटो सफा गर्ने क्रममा ढुङ्गाले लागेर मृत्यु
१३ फाल्गुन २०७७, बिहिबार

प्यूठानमा बाटो सफा गर्ने क्रममा ढुङ्गाले लागेर मृत्यु


मृत्यु

झिमरुक । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो ।

रा१क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !