१३ पुस २०८१, शनिबार

कोरोना सङ्क्रमणबाट कांग्रेस नेता तिमिल्सिनाको निधन


भक्तिप्रसाद तिमिल्सिना

चितवन । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उहाँको जन्म भएको थियो । उहाँले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गर्नुभएको थियो । सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ रेडियो देवघाटको अध्यक्ष समेत हुनुहुन्थ्यो । नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक सङ्घ संस्थामा उहाँ सङ्लग्न हुनुहुन्थ्यो । उहाँका दुई छोरा र दुई छोरी छन् ।

सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । उहाँको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिदैँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !