२१ बैशाख २०८१, शुक्रबार

चितवनमा रौतहटकी कोरोना संक्रमित महिलाको मृत्यु


मृत्यु

रौतहट, कात्तिक १३ । चितवनमा रौतहटकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चन्द्रपुर-१० बाल्चनपुरकी ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट भएको हो ।

नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर-५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ । योसँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मिर्गाैला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !