२४ बैशाख २०८१, सोमबार

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक ६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५२५५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ५० हजार १५१ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या ४४४७६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १३३३९ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ३१५३८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३७५१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२८३ जना, ललितपुर जिल्लाका १५७ जना र भक्तपुर जिल्लाका ११२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३६३७ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४८५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३२१५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०२८२० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !