२० बैशाख २०८१, बिहिबार

चितवनमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु


भरतपुर अस्पताल

चितवन, असोज २५ । चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवन बस्ने ४० वर्षीय बेवारिसे महिलाको कोरोना संक्रमणवाट आज साँझ ५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएकी ती महिलामा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि असोज १९ गते नै कोभिड आइसीयुमा राखी उपचार गरिएको थियो ।उपचारका सबै उपायहरु गर्दा गर्दै आज उनको कोरोना संक्रमणको कारणले निधन भएको अस्पतालले जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !