२४ बैशाख २०८१, सोमबार

गाउँपालिकाका वडाध्यक्षको निधन


मृत्यु

सप्तरी, ५ असोज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको आज ५४ वर्षका उमेरमा निधन भएको छ । केही महिनादेखि बिरामी मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उहाँको शव घर ल्याउन लागिएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो । विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्कनुभएका मगरको स्वास्थ्यावस्था गम्भीर भएपछि आज बिहान धरान लगिएको स्थानीयवासी मुक्ति साहले बताउनुभयो ।

र्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि मगर केही महिनादेखि निकै तनावमा हुनुहुन्थ्यो । उहाँ गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा ५६६ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !