२४ बैशाख २०८१, सोमबार

बीपी प्रतिष्ठानमा उपचाररत सुनसरीका कोरोना संक्रमित कैदी पुरुषको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ २७ । सुनसरी जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित कैदी पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको रामधुनी नगरपालिका-५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको हिजो शुक्रबार अपरान्ह साढे ४ बजे मृत्यु भएको हो ।

सुनसरीको इनरुवा अस्पतालबाट प्रतिष्ठानमा रिफर गरेपछि दिउँसो १२ बजे प्रतिष्ठानको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो । त्यसपछि उनको पीसीआर परीक्षण गरेपछि उनको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार मृत्यु भएको हो ।

गरिएका मृतक पुरुष विगत १ वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । प्रतिष्ठान स्रोतका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !