१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


कोशी अस्पताल

विराटनगर, भदौ २२ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका स्रोतले जानकारी दिएको छ ।

उपचार केन्द्रका स्रोतका अनुसार भदौ ११ गने कोरोना संक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेसन’मा बसेका थिए । मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको पाइएको छ ।

कोरोना संक्रमण देखिएपछि ‘होम आइसोलेसन’मै रहेपनि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि गत शनिबार वृद्धलाई कोभिड उपचार केन्द्रमा ल्याइएको थियो । हालसम्म कोरोना संक्रमणबाट विराटनगरमा १५ जनाको मृत्यु भई सकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !