२१ बैशाख २०८१, शुक्रबार

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, भदौ १९ । चितवनमा कोरोना कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौडा उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको मृत्य भएको हो ।

आज शुक्रबार दिउँसो २ बजेतिर उनको मृत्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनमा श्वासप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनीमा भाद्र ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरिएको थियो । योसंगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !