१४ बैशाख २०८१, शुक्रबार

ललितपुरमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु


पाटन अस्पताल

ललितपुर, भदौ १८ । ललितपुरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट भक्तपुरकी महिलाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ दुवाफल्चाकी ४० वर्षीया महिलाको बुधबार राति पौने २ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

हिजो बुधबार साँझमात्र अस्पताल भर्ना गरिएकी मृतक महिला लामो समयदेखि किड्नीको बिरामी रहेको अस्पतालले बताएको छ । ती महिलामा अस्पताल ल्याउनुअघि नै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । मृतक महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

मृतक महिलाका श्रीमानसहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको मध्यपुर थिमि नगरपालिका स्रोतले जानकारी दिएको छ । मध्यपुर थिमि नगरपालिकामा ५ जनासहित भक्तपुर जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु