१४ बैशाख २०८१, शुक्रबार

प्यूठानका कोरोना संक्रमित वृद्धको बुटवलमा मृत्यु


मृत्यु

प्यूठान, भदौ १८ । प्यूठानका कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको बुटवलमा मृत्यु भएको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका-७ का ५८ वर्षीय पुरुषको हिजो राती १०:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।

निमोनियाको बिरामी भएका उनलाई उपचारका लागि गौतमबुद्ध मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो। एक साता अघिदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुष्कर प्रसाद श्रेष्ठले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु