१४ बैशाख २०८१, शुक्रबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ ११ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । वीरगञ्जमा कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा पर्साका २ जना पुरुषहरु र बाराकी १ जना महिला रहेकी छिन् ।

कोरोना संक्रमणवाट मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका-१४ बहुअरीका ६२ वर्षीय पुरुषको आज बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार मृतक मिर्गौलाका बिरामी भएकोले अस्पतालमै नियमित डायलसिस समेत भइरहेको थियो । उनी गत साउन ३० गते कोरोना अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै कोरोना संक्रमणवाट बाराको सुवर्ण गाउँपालिका-४ हर्दियाकी २३ वर्षीया महिलाको मृत्यु भएको हो । बाराकी कोरोना संक्रमित ती गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारका क्रममा आज बिहीबार बिहान ६ बजे मृत्यु भएको छ । उनको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि २४ घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआई उनको मृत्य भएको हो ।

साथै कोरोना संक्रमणवाट पर्साको धोविनी गाउँपालिका-३ गुलरियाका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ती पुरुषमा निमोनिया समेत भएको थियो । उनको उपचारका क्रममा हिजो भदौ १० गते साँझ ६ बजेर २२ मिनेट जाँदा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सार्न खोजिए पनि सार्नु अघि नै उनको मृत्यु भएको हो । उपचारमा संलग्न डाक्टरका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि आफन्तले उनलाई अस्पतालमै छोडेर गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु