१४ बैशाख २०८१, शुक्रबार

सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ १० । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिकाका ४५ बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

हिजो साँझसम्म उनको धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको थियो भने कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराईसकेको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु