२४ बैशाख २०८१, सोमबार

बीपी प्रतिष्ठानमा धरानकी ७१ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ ३। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१५ की ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पताल उपचाररत उनको बुधबार बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । दम, हृदय रोग, खोकी लाग्ने, ज्वरो र श्वास फेर्न गाह्रो भएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् ।

क्वारेन्टाइनमा बस्ने क्रममा त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शव व्यवस्थापनका लागि तयारी भई रहेको छ ।

धरानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढि रहेको छ । संक्रमितको संख्या वृद्धि भएपछि धरान उपमहानगरपालिकाले भदौ १० गतेसम्म लकडाउन थपेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !