१४ बैशाख २०८१, शुक्रबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट २ जनाको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ ३ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभीड-१९) संक्रमणवाट २ जनाको मृत्यु भएको छ । दुवै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरू दुबै जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिकाको भिस्वा घर भएका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको हो । उनको हिजो मंगलबार दिउसो साढे ३ बजे मृत्यु भएको थियो भने बुधबार विहान कोरोना संक्रमण पुष्टि भएको हो । नेपाल टेलिकमका कर्मचारी समेत रहेका उनको मंगलबार दिउसो नारायणी अस्पतालमा मृत्यु भएको थियो ।

साथै वीरगञ्ज महानगरपालिकाको विर्ताका ८४ वर्षीय वृद्धको कोरोना संक्रमणवाट मृत्यु भएको हो । उनको हिजो मंगलबार राति साढे १० बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको थियो भने बुधबार विहान नारायणी अस्‍पताल प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी साउन २७ गतेदेखि गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु