२६ बैशाख २०८१, बुधबार

सिरहाका कोरोना संक्रमित १ जना युवकको धरानमा मृत्यु


मृत्यु

सिरहा, साउन २३ । सिरहा जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना युवक  अशोक महतोको धरानमा मृत्यु भएको छ । सिरहा जिल्लाको गोलबजार-१२ का २३ वर्षीय युवकको गए राति धरानमा मृत्यु भएको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले नेपालपत्रलाई बताए ।

बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनलाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनी बिगत ३ वर्षदेखि मृगौला रोगले ग्रसित थिए । मृतक युवकको दुवै किड्नीमा समस्या थियो ।

उनी नियमित डाइलोसिस गराउँदै आएका थियो । ती युवकको शव सिरहा ल्याउने वा नल्याउने भन्ने बारेमा छलफल भई रहेको छ । उनको दाह संस्कार नेपाली सेनाले गर्ने नगर प्रमुख साहले जानकारी दिए ।

सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !