२३ बैशाख २०८१, आइतबार

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए


विकास दुवे

एजेन्सी, असार २६ । एक डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने भारतका गुुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।

दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । दुवेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको बताइएको छ ।

उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !