२१ बैशाख २०८१, शुक्रबार

सल्यानमा पहिरामा पुरिएका १ जना वृद्धको शव फेला


मृत

सल्यान, १२ असार । सल्यानमा एक वृद्धको शव पहिरामा पुरिएका अवस्थामा फेला परेको छ । कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरामा कम्मरभन्दा माथिको भागसम्म पुरिएका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडँुगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !