१४ बैशाख २०८१, शुक्रबार

दश लाख रकमसहित दुई पक्राउ


पक्राउ

काठमाडौँ, २९ पुस । प्रहरीले स्रोत नखुलेको रु नौ लाख ९९ हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले स्रोत नखुलेको रकमसहित पर्साका २१ वर्षीय कृष्ण यादव र चितवनका ३८ वर्षीय राजु पौडेललाई सोमबार साँझ पक्राउ गरेको हो ।

काठमाडौँबाट नुवाकोट जाँदै गरेको बा २ ज ४८०२ नं को ट्याक्सी चेकजाँचका क्रममा उक्त रकम फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !