१४ बैशाख २०८१, शुक्रबार

महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार


gandaki

२४ मंसिर, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताएकी छन् । उनले भनिन्, ‘पुरुष सांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’

पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइ रहनुपर्छ ?,’ उनले भनिन् ।

पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौँ भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु