१४ बैशाख २०८१, शुक्रबार

आलम प्रकरण : सरकारी साक्षीले नै कुरा फेरेपछि….


२५ कात्तिक, रौतहट । बम विस्फोट प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि बयान फेरेका छन् ।

बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका शंकर भनिने गौरीशंकर राम चमारले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी सोमबार जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिएका छन् । उनले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु