२० बैशाख २०८१, बिहिबार

सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्दो


Nepalpatra

९ पुस, काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको बताउनुभएको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको भन्दै यसबाट बच्न सदैव सजग हुनुपर्नेमा जोडदिनुभयो । उहाँले साइबर अपराध, सामाजिक सञ्जालको प्रयोग, जबर्जस्ती करणीसम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायबारे विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी समुदायसँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो । बागमती बोर्डिङका निर्देशक डा सुरेन्द्र सिटौलाले प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराध रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रोलिफिक मावि धुम्बाराही, बागमती कलेज सुकेधारा, द इनसाइट भिजन स्कूल धुम्बाराहीका शिक्षक तथा विद्यार्थीको सहभागीता रहेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !