१९ बैशाख २०८१, बुधबार

फरार अभियुक्त पक्राउ


पक्राउ

१८ कात्तिक, धम्बोझी । जिल्ला प्रहरी कार्यालय बर्दियाले जबर्जस्ती करणी र चोरी मुद्दामा फरार बर्दियाका राजकुमार भनिने आज नेपालगञ्जबाट पक्राउ गरेको छ ।
विसं २०६८ असार ९ गते जिल्ला अदालत बर्दियाले अभियुक्तलाई सो मुद्दामा सात वर्ष छ महीना २५ दिन कैद सजाय तोकेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बाँके, नेपालगञ्ज उपमहानगरपालिका पुष्पलाल चोकमा हिँडिरहेका अवस्थामा आज फेला पारी अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !