२३ बैशाख २०८१, आइतबार

प्रेमीले गरे आफ्नै गर्भवती प्रेमिकाको हत्या


crime

१९ वैशाख, काठमाण्डौ । पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले गर्भवती १६ वर्षीया प्रेमिका उर्मिला टमट्टाको हत्या गरेका छन् ।

लामो समयदेखि यौनसम्बन्ध राख्दै आएका तिलकले उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए । उर्मिलाले गर्भपतन गर्न मानेकी थिइनन् । बिहे गर्ने भन्दै यही वैशाख १५ गते साँझ तिलकले उर्मिलालाई भगाएका थिए ।

उनले घर नजिकैको जंगलमा रहेको गोठमा लगी मंगलबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ । तिलकले हत्यापछि शव गोठमा लुकाएर राखेका थिए । पछि भिरवाट लडेको भन्दै परिवारलाई शव देखाएको उर्मिलाका दाजु नवराज टमट्टाले जानकारी दिए ।

अछामको चिल्तडामा रहेको प्रहरी चौकीले उर्मिलाको शव बरामद गरी तिलकलाई म‌ंगलबार नै पक्राउ गरेको छ । शव पोष्टमार्टमका लागि अछामको सदरमुकाम मंगलसेन लगिएको छ । उर्मिलाले कालीकोटको नन्दादेवी उच्च मावि कोटवाडामा भर्खरै एसईई दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !