२३ बैशाख २०८१, आइतबार

मोरङमा बालिकाको हत्या


child-death

८ वैशाख, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको हत्या भएको छ ।

मलदैया टोल बस्ने ताइफुर मियाँकी छोरी सात वर्षीया आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको प्रदेश १ प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो । शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।-रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !