२३ बैशाख २०८१, आइतबार

आफ्नै प्रेमीवाट किशोरीको हत्या


crimej

६ वैशाख, रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा एक किशोरीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।

ओमसतिया गाउँपालिका वडा नं. ६ की १४ वर्षीया सरस्वती हरिजनको हत्या ओमसतिया गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय प्रेम सागर केवटले गरेको खुलेको हो

बैशाख ३ गते घरवाट बेपत्ता भएकी हरिजन बैशाख ४ गते घरदेखि १ किलोमिटर टाढा मृत भेटिएकी थिइन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा अनुसन्धान गरिरहेको छ ।

बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले केवट र हरिजनवीच प्रेम सम्बन्ध रहेको र दुई जनामा कुरा नमिल्दा किशोरीको हत्या भएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !